दुई महिनामा १७ खर्ब ८० अर्ब तरलता प्रवाह

काठमाडौं, ६ कात्तिक । चालू आर्थिक वर्षको पहिलो २ महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत १७ खर्ब ८० अर्ब रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा रिपोमार्फत १ खर्ब ११ अर्ब ५७ करोड, सोझै खरिद बोलकबोलमार्फत १४ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत १६ खर्ब ५३ अर्ब ६० करोड गरी कुल १७ खर्ख ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)बाट अमेरिकी डलर ७८ करोड ९४ लाख खुद खरिद गरी १ ख खर्ब ४६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३९ लाख खुद बिक्री गरी रु।३० करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी ११ खर्ब ७ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५८ करोड बिक्री गरी ६८ अर्ब ८२ करोड बराबरको भारतीय रुपैयाँ खरीद भएको थियो ।