Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेकपा एसको घोषणापत्रमा के छ विशेष ?

नेकपा एसको घोषणापत्रमा के छ विशेष ?

काठमाडौं, १४ कात्तिक । नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीले आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेकपा एसले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ ।

जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x