Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

काठमाडौं, १६ कात्तिक । सरकारले अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको छ । ‘अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुन्छ’ उनले भने ।

सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ ।

विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, सँग यस अघिनै हवाई सम्झौताको तयारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x