कार्बन उत्सर्जन घटाउन जीडीपीको ५ प्रतिशतसम्म लगानी गर्नुपर्ने
काठमाडौं, २० कात्तिक । विकासशील देशहरुले वार्षिक रुपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपीं)को १ दशमलव ४ प्रतिशत र कम आय भएका मुलुकले ७ प्रतिशतसम्म लगानी गरेर सन् २०५० सम्ममा बढीमा ७० प्रतिशतसम्म कार्बन उत्सर्जन घटाउन सक्ने बताइएको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंक समूहले भर्खरै सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो देखाएको हो । जलवायु र विकास शीर्षकको एक प्रतिवेदनले यस्तो देखाएको हो । यसमा विश्व बैंक ग्रुपको देशको जलवायु र विकास प्रतिवेदनहरुको नतिजाको विश्लेषण गरिएको छ । यसले विश्वको ३४ प्रतिशतभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने २० भन्दा धेरैलाई समेटेको छ ।
प्रतिवेदनअनुसार न्यून आय भएका देशहरुका धेरै लगानी चाहिएको छ । कुनै कुनै देशमा जीडीपीको ५ प्रतिशतभन्दा धेरै लगानी चाहिने बताइएको छ । यी देशहरुले न्यून कार्बनको मार्ग विकास र जलवायु परिवर्तनले पार्ने प्रभाव व्यवस्थापनका लागि दिँदै आएको छूटका लागि प्रयोग गरिने वित्त र अनुदानको रकम बढाउन जरुरी रहेको बताइएको छ ।
प्रतिवेदनमा समेटिएका २० देशहरुमा अर्जेन्टिना, नेपाल, बंगलादेश, बुर्किना फासो, क्यामरुन, चाड, मोरक्को, नाइजर, पाकिस्तान, फिलिपिन्स, दक्षिण अफ्रिका, भियतनाम आदि छन् । जलवायु र विकासको लक्ष्यहरु हासिल साथसाथ हुनु पर्ने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताएका छन् ।