राष्ट्र बैंकले दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने
काठमाडौं, २३ कात्तिक । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा ८८ अर्ब र चौंथोमा एक खर्ब ३८ अर्ब गरी कुल दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो ।
ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने केन्द्रीय बैंकले जनाएको छ ।