गरिमा बैंकको १४.५० प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।