Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमा जोडिएका नाका बन्द

१ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमा जोडिएका नाका बन्द

काठमाडौं, १ मंसिर । नेपालमा आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरी सुरक्षा सतर्कता बढाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका सीमा नाका बन्द गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतसँग सीमा जोडिएका कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाहरू मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म बन्द रहने जनाएको छ । यो समयमा भारतीय सीमावर्ती क्षेत्रमा आवागमन निषेध गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए ।

यस अघि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँगको समन्वय बैठकमा समेत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, निर्वाचनको दिनसम्म ७२ घण्टा सीमा क्षेत्र सिल गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने गैरकानूनी कार्य, अवैध हातहतियार ओसार पसार, लागू औषध ओसार पसार, मानव बेचबिखन जस्ता कार्य रोक्नको लागि कडाइका साथ दुवैतर्फ सुरक्षा निकाय सक्रिय रहने लगायतका विषयमा छलफल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x