Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

काठमाडौं, २ मंसिर ।  नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ।

निगमले आगामी मंसिर १२ (नोभेम्बर २८) बाट काठमाडौं-दिल्ली-भैरहवा-दिल्ली-काठमाडौं उडान गर्ने जनाएको छ।

एयरलाइन्स प्रवक्ता अर्चना खड्काकाअनुसार काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ।

एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडान गर्ने उनले बताइन्। ‘तत्कालका लागि एयरलाइन्सले काठमाडौं-दिल्ली, दिल्ली-भैरहवा-काठमाडौं उडान गर्नेछ’ उनले भनिन् ।

नेपाल एयरलाइन्सले उडान सुरू गरेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीन पुग्नेछ।

हाल कुवेतको जजिरा एयरवेज र नेपालकै निजी लगानीको वायुसेवा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x