आधुनिक समाज निर्माणका लागि सूचना, प्रविधिको प्रयोगमा जोड
काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्वगृहमन्त्री जनार्दन शर्माले सूचना, प्रविधी विना आधुनिक समाजको कल्पना असम्भव रहेको बताएका छन् । मालिका इन्कर्पोरेट प्रालीको उद्घाटन समारोहमा उनले सूचना, प्रविधीले विश्वलाई ग्लोवल भिलेजमा रुपान्तरण गरेको उल्लेख गर्दै नेपालमा यसको विकास र विस्तार आवश्यक रहेको बताए ।
उपलब्ध सूचना प्रविधलिाई स्कुल, बैंक तथा वित्तिय क्षेत्र, स्वास्थ्य, सरकारी तथा गैरसरकारी कार्यालयले उपयोग गरिसहज र सरल सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको विश्वास पनि उनले व्यक्त गरे ।
मालीका इन्कर्पोरेट प्रालीले माइक्रो प्रोसेसर चिप जडित स्मार्ट कार्ड, स्मार्ट कार्ड प्रिन्टर, जेब्रा जेटएक्सपि थ्रि कार्ड प्रिन्टर जस्ता प्रविधी बजारमा ल्याएको छ । यसले स्मार्ट हस्पिटल प्रोजेक्ट, स्माट स्कुल कलेज प्रोजेक्ट, स्मार्ट लाइसेन्स प्रोजेक्ट, स्माट ब्लु बुक, स्मार्ट आइडीकार्ड, डिजिटल लालपुर्जा, साथै बैंकिङ क्षेत्रलाई समय सापेक्ष स्मार्ट बनाउनुका साथै मुलुकलाई प्रविधीका क्षेत्रमा अभ्यस्त बनाउने कम्पनीका अध्यक्ष टिकाराम जोशीले बताए ।