चाइना रेल वे २५औँ ब्यूरोलाई मोनो रेल सम्भाव्यता अध्ययनको जिम्मा
काठमाडौँ, जेठ १२ । काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।
कम्तिमा ६ महिना भित्र सम्भाव्यता अध्ययन गर्ने गरि महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गर्नुपर्ने छ ।
यस सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश जिम्मा समेत सो कम्पनीलाइ दिएको छ ।