Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

करका दरहरुमा ब्यापक हेरेफेर गरिदैं, हेर्नुहोस के मा बढाँइदैं छ कर ? 

करका दरहरुमा ब्यापक हेरेफेर गरिदैं, हेर्नुहोस के मा बढाँइदैं छ कर ? 

काठमाडौं, जेठ १२ । सरकारले आगामी बर्षमा लक्ष्य अनुसारको राजस्व संकलनका लागि करका दरहरुमा ब्यापक हेरफेर गर्दै छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी मंगलबार संसदमा प्रस्तुत गर्ने आगामी बर्षको आय व्यायको बिवरण अर्थात बजेटमा करका दरहरुमा ठुलो परिवर्तनको तयारी गरेका छन् । जसले गर्दा चालु आर्थिक बर्षको लागि पनि लक्ष्य अनुसारको राजस्व संकलनमा सहयोग पुग्छ ।  चालु आर्थिक वर्षको बजेट संचालनमा स्रोत व्यवस्थापनको लागि लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि  अर्थमन्त्री खतिवडाले  राजस्वको लक्ष्य पुरा गर्नको लागि यसका दरमा परिवर्तन गर्ने तयारी गरेका हुन ।

कुन कुन सेवा र वस्तुमा बढाइदैं छ कर  ?

खासगरी अटोमोबाइल्स लगायत बिलासी सामानमा अन्तशुल्कको दरमा परिवर्तन हुने तयारी छ । यस्तै बजेट मार्फत यो पटक गैरकर राजस्वका दरहरुमा ठूलो परिवर्तन गर्ने तयारी सरकारको छ । अघिल्लो महिनासम्म करको लक्ष्यलाई गैरकर राजस्व बढ्दा सहज भएको थियो । खासगरी जग्गाको रजिष्ट्रेशन,गाडी तथा मोटरसाइकलमा नविकरणमा लाग्ने शुल्कमा बृद्धि गर्ने तयारी अर्थमन्त्रालयरहेको छ । यस प्रत्यक्ष करका दार परिवर्तन हुदा सिधै उपभोक्तालाई थप आर्थिक भार पार्नेछ । यसका साथै मदिरा चुरोट जस्ता स्वाथ्यलाई असर पुर्याउने महंगा सामाग्रीको उत्पादनमा कर बडाउने सकारको तयारी रहेको छ । यस्ता बस्तुहरुमा प्रायजसो हरेक आर्थिक बर्षमा करका दर बढाउदै लैजाने अन्तराष्ट्रिय प्रचलन रहेको छ । हरेक बर्ष जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुशार आगामी मंगलबार अर्थमन्त्री खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७५ । ०७६ का लागि बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x