Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आर्थिक सर्वेक्षण सार्वजनिक, ६०लाख भन्दा बढी निरपेक्ष गरिवीको रेखामा

आर्थिक सर्वेक्षण सार्वजनिक, ६०लाख भन्दा बढी निरपेक्ष गरिवीको रेखामा

पूर्ण प्रसाद चौलागाई २०७५ जेठ १३ काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्नु भएको छ । संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण अनुशार चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.९ प्रतिशत रहेने  अनुमान गरिएको छ भने र मुल्यबृद्धि ६ प्रतिशत रहेको छ  । ६० लाख भन्दा बढि जनता निरपेक्ष गरिवीको रेखामूखि रहेका छन् भने ८० लाख भन्दा बढी बहुआयमीक गरिवी रहको छ ।

कुल गार्हस्थ उत्पादन यो आर्थिक वर्षमा ५.९ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्षमा जीडीपीको वृद्धिदर ७.४ प्रतिशत थियो । अहिले जीडीपी ३० खर्ब ७ अर्ब बराबरको छ । जीडीपीमा कृषिको योगदान भने खुम्चिँदै गएको देखिन्छ । सरकारले कृषि क्षेत्रलाई माथि उठाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा कृषि क्षेत्रको योगदान २७.६ प्रतिशतमा खुम्चिएको छ । गत वर्ष यस्तो योगदान २९.३७ प्रतिशत थियो । गैरकृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । यो वर्ष आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२.४ प्रतिशत छ ।गत वर्ष यसको योगदान ७०.६३ प्रतिशत मात्रै थियो । यसरी पछिल्ला वर्षमा गैरकृषि क्षेत्रले जीडीपीमा आफ्नो हिस्सा बढाउँदै लगेको छ । निर्माण क्षेत्रको ७, उद्योगको ५ र थोक तथा खुद्रा ब्यापारको १३, रियलस्टेट क्षेत्रको ११ प्रतिशत, यातायात तथा सञ्चारको ७ प्रतिशत योगदान रहेको देखिन्छ ।

यस्तै सेयर बजार स्थिरताउन्मुख रहेको सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको छ ।  भने ब्यापार घाटा जिडिपीको ३७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। निर्यात ५३ अर्व र आयत ७ खर्व पुग्ने अनुमान गरिएको छ । चालू आवमा नेपालको आयात गत आवको तुलनामा २२ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात वृद्धिदर १० दशमलव ८ प्रतिशतमा सीमित छ । चालू आवमा नेपालको वैदेशिक व्यापार गत वर्षको तुलनामा २१ दशमलव ३ प्रतिशतले बढेको छ ।जुन आठ खर्ब २० अर्ब रुपैयाँ मूल्य बराबर हो । आपूर्ति व्यवस्थामा आएको सहजता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारी खर्चमा भएको वृद्धि लगायतका कारण व्यापार घाटा बढेको बताइएको छ । शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोडमा पुगेको छ ।

मूल्य बृद्धिमा चाप पर्न थालेको बताउँदै सरकारी खर्च बढेर बजेट घाटा बढदो रहेको सर्वेक्षणले देखाएको छ । यस वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा राजश्व वृद्धिदर २१ दशमलव ७ प्रतिशत पुगेको छ । फागुनसम्ममा सरकारले ४ खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ राजस्व असुली गरेको छ । चालू आवमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । गत आवको सोही अवधिमा कुल राजस्व संकलन तीन खर्ब ५३ अर्ब रुपैयाँमात्र थियो । अर्थ मन्त्रालयका अनुसार पछिल्लो दशकमा राजस्वको वाषिर्क औसत वृद्धिदर २१ प्रतिशत छ । चालू आवमा सरकारले औसत वृद्धिदरभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । राजस्व संरचनामा मूल्य अभिवृद्धि कर (भ्याट) को अंश सबैभन्दा बढी छ भने त्यसपछि आयकर र भन्सार महसुल छ ।। बैदेशिक अनुदान घटदो र ऋण बढदो रहेको सर्वेक्षणले देखाएको छ । शोधानन्तर स्थिती घाटा रहेको बिदेशी सन्चितीले १० महिनाको आयात धान्न सक्ने अवस्था पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको बृद्धिदरको तुलनामा निक्षेपको बृद्धिदर कम रहेको भन्दै लगानी योग्य रकम कम रहेको छ । निक्षेप २४ खर्ब पुगेको र कर्जा २२ खर्ब पुगेको छ । यसै गरि सर्वेक्षणले चालु आर्थिक वर्षमा निजी क्षेत्र तर्फको कर्जा १५.६ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १६.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.१ प्रतिशतले बढेको थियो ।

।टेलिफोनको घनत्व १३० प्रतिशत पुगेको छ भने विधुत उत्पादन १ हजार ४५ मेगावाट रहेको छ । अधिकांश संस्थानको वित्तीय कार्यकुशलता र प्रभावकारितामा अपेक्षित सुधार आउन नसकेको सर्वेक्षणले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x