Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

५ महिनामा १० हजारभन्दा बढी विदेशी श्रमिक कामका लागि नेपालमा

५ महिनामा १० हजारभन्दा बढी विदेशी श्रमिक कामका लागि नेपालमा

काठमाडौं, १६ पुस । नेपालमा कामका लागि आउने विदेशी श्रमिकको संख्या बढ्दै गएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पुस दोस्रो हप्तासम्ममा १० हजार ९३ जना विदेशी श्रमिक काम गर्नका लागि नेपाल आएका छन् । जसमा आठ हजार नौ सय २६ जना पुरुष र एक हजार एक सय ६७ जना महिला रहेका छन् ।

श्रम स्वीकृति नवीकरण गर्नेमा भने तीन हजार छ सय १३ जना र नयाँ श्रम स्वीकृति लिनेमा छ हजार चार सय ८० जना रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सात सय ९४ जना विदेशी श्रमिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । जसमा चार सय एक जनालाई नयाँ श्रम स्वीकृति र तीन सय ९३ जनाले श्रम स्वीकृति नवीकरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x