५० लाख ८२ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता
काठमाडौं, २० पुस । नेपालमा स्थायी लेखा नम्बर लिने करदाता ५० लाख ८२ हजार नाघेका छन् । आन्तरिक राजस्व कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा स्थायी लेखा नम्बर लिन करदाता संख्या कुल ५० लाख ८२ हजार ४८ पुगेको छ ।
कार्यालयका अनुसार सो अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३२ लाख ४२ हजार ६४० पुगेका छन् भने व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ लाख १७ हजार ३४२ रहेका छन् । यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २२ हजार ६६ पुगेको छ ।