Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

छिमेक लघुवित्तकाे ‘माेबाइल बैंकिङ तथा क्युआर मार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ

छिमेक लघुवित्तकाे ‘माेबाइल बैंकिङ तथा क्युआर मार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ

काठमाडाैं, २२ पुस । छिमेक लघुवित्त वित्तिय संस्थाकाे ‘छिमेक माेबाइल बैंकिङ तथा क्युआर मार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ भएकाे छ ।  नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सेनाकाे प्रमुख आथित्यमा शुक्रबार नयाँ बानेश्वरमा उक्त कार्यक्रमकाे शुभारम्भ गरिएकाे हाे ।

करिब ४ लाख २५ हजार ग्राहकलाई गुणस्तरीय लघुवित्त कार्यक्रम मार्फत सेवा दिँदै आएको यस संस्थाले समय सापेक्ष  प्रविधिकाे प्रयाेगबाट काराेबारलाई डिजिटलाईज गर्दै लगेकाे छ ।

संस्थाले माेवाइलकाे बढ्दाे प्रयाेगसँगै लघुवित्त क्षेत्रमा पनि यसकाे प्रयाेगबाट काराेबारलाई क्यासलेस गर्न सकिने विश्वास लिएकाे छ । यस वित्तिय संस्थाले आफ्नाे छुट्टै माेबाइल बैंकिङ एप मार्फत सदश्यलाई डिजिटल काराेबार गर्ने वयवस्था मिलाउनुका साथै एप अन्तर्गत कनेक्ट आइपिएस र फाेन पे मार्फत नेटवर्क भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरूमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । यस्तै युटिलिटी पेमेन्टकाे प्रयाेगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने छ ।

यस्तै लघुवित्तका सदश्यलाई आफ्नाे इकाइ बैठकका बारेमा जानकारी लिन सकिने र काराेबार सफल भएपश्चात काराेबारकाे जानकारी रकमसहित बाेलेर सुनाउने यस एपकाे महत्वपूर्ण फिचर रहेकाे छ ।  यस संस्थाले आगामी तीन वर्षमा आफ्ना करिब ४० प्रतिशत ग्राहक सदश्यलाई माेबाइल बैंकिङ सेवा पुर्याउने लक्षय लिएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *