Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

लागू होला पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली ?

लागू होला पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली ?

काठमाडौं, २७ पुस उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताएका छन् ।

नेपाल आयल निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उनले बताए । ‘पेट्रोलियम पदार्थको कारोबार गर्ने निगम एकाधिकार प्राप्त रहेको र व्यापारिक मोडेलको संस्था भएकाले आम्दानी बढेको हुुनुपर्छ,’ उनले भने, ‘अहिले निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुुपर्ने अवस्था आएको छ ।’

निगमप्रति उपभोक्ताको चासो बढेकाले संस्था सुधार गर्न कर्मचारीले दैनिक कम्तीमा पाँच वटा कामको प्रतिबद्धता गर्नुुपर्ने र संस्थालाई कारोबार मात्र नभएर लगानी गर्ने हिसाबमा पनि अगाडि बढ्न उपयुक्त हुने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x