Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, चुक्ता पूँजी ३४.१२ अर्ब नाघ्याे

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, चुक्ता पूँजी ३४.१२ अर्ब नाघ्याे

काठमाडौं, २७ पुस। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरमा गएपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ।

‘समृद्धिकाे पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ एकिकृत काराेबार सुरू गरी एकता र उत्कृष्टतालाई जाेड दिएकाे बैंकले जनाएकाे छ ।

काठमाडाैंमा आयोजित एकीकृत कारोबारको औपचारिक समारोहबीच नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भाेजबहादुर शाहले संयुक्त रूपमा एकिकृत काराेबारकाे शुभारम्भकाे घाेषणा गरेका हुन् ।

दुबै बैंकबीच सेयर स्वाप अनुपात १००:९० रहेकाे छ । मर्जरपछि बनेकाे नयाँ बैंककाे अध्यक्षमा समविक नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्याेतिप्रकाश पाण्डे रहेका छन् ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले दुबै बैंक एकआपसमा गाभिए पश्चात देशकै ठुला वाणिज्य बैंकहरू मध्ये एक हुने र सम्पूर्ण वित्तिय सूचकहरूमा अग्रता हासील गर्न सक्षम हुने बताए । मर्जरले वित्तिय संस्थामा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंककाे जर्जर नितीलाई थप उत्साह प्रदान गरी अन्य बैंक समेत मर्जरमा जान प्रेरित हुने बताए ।

यस्तै गेगा बैंकका अध्यक्ष भाेज बहादुर शाहले मर्जरपछि दुबै बैंककाे नाम र काम अनुसारकाे गरीमालाई कायम राख्न दुबै बैंकमा रहेका असर परम्परा, संस्कार, ग्राहकहरूकाे सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अंगिकार गर्नुका साथै शेयरधनीहरूकाे प्रतिफलमा न्यायाेचि वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी रू. ३४.१२ अर्ब, कुल पूँजी रू. ५८ अर्ब भन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ।

यसैगरी मर्जरपछि बैंककाे शाखा संख्या २९६ पुगेकाे छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेकाे छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्ला समेटि हरेक नागरीकलाई वित्तिय पहुँच सुनिश्चित गरीने प्रतिवद्धता बैंकले जनाएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x