कान्ति बाल अस्पतालमा हिमालयन बैंकका थप दुई विल भुक्तानी काउन्टर सञ्चालन
काठमाडाैं, ९ माघ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा २०७९ साल माघ ४ गते बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो ।
उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० ब्त्ः र ६००० भन्दा बढी एइक् त्भचmष्लबकि बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।