Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बढेन सरकारी कर्मचारीहरुको तलब, महंगी भत्ता भने बढ्यो

बढेन सरकारी कर्मचारीहरुको तलब, महंगी भत्ता भने बढ्यो

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७५।७६ को बजेटमार्फत सरकारी कर्मचारीहरुको तलब वृद्धि गरिएको छैन । आज अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटले सरकारी कर्मचारीहरुको तलब वृद्धिको सट्टा महंगी भक्ता बढाएको छ ।

मासिक एक हजार रुपैयाँ महंगी भक्ता पाइरहेका सरकारी कर्मचारीहरुले आगामी आर्थिक वर्षदेखी मासिक २ हजार रुपैयाँ पाउने व्यवस्था बजेटले गरेको छ । यस्तै बजेटमार्फत शिक्षकहरुले पाउँदै आएको पोशाक सुविधा बापतको मासिक ८ हजार रुपैयाँबाट बढेर १० हजार रुपैयाँ पुर्याइएको छ । बजेटले सरकारी कर्मचारीहरुको स्वास्थ्य विमाको लागि २ लाख रुपैयाँ छुट्टाएको छ । जसका लागि ५० प्रतिशत विमाङ्क रकम सरकारले र ५० प्रतिशत विमित कर्मचारी आफैले चुक्ता गर्नपर्ने भनिएको छ ।

सरकारी कर्मचारीहरुको तलब वृद्धिका लागि उच्च स्तरिय समिति गठन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x