कोरिया जाने कामदारको कोटामा वृद्धि, १० हजार पुर्याइयो
काठमाडौ, जेठ १६ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (ईपीएस) को कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको छ ।मंगलबार सोलमा आयोजित कार्यक्रममा राजदूत अर्जुनजंगबहादुर सिंहले गतसालको भन्दा कामदारकोलागि नेपाली कोटा बढाइएको जानकारी दिएका छन् ।
सन २०१९ का लागि कोरियन भाषा परिक्षा आगामी जेठ २६ र २७ मा संचालन हुँदै छ । यो बर्ष ८२ हजार २३५ जना परिक्षार्थीले इपिएस कोरियन भाषा परिक्षा दिदै छन् । जस मध्ये ६० हजार काठमाडौंबाट र १२ हजार परिक्षार्थीले पोखरबाट परिक्षा दिने ब्यवस्था मिलाइएको छ । यसका लागि काठमाडौमा १६ ललितपुरा ८ र पोखरामा ४ बटा परिक्षा केन्द्र तोकिएका छन्। परिक्षाको नतिजा असार २६ र २७ मा हुने छ । यस अघि नेपालका लागि ७ हजार १ सय कामदारको कोटा दिएको थियो । इपिएस अन्तर्गत ३० हजार भन्दा बढी नेपाली कामदार कोरिया पुगेका छन् ।
यसकारले केही दिन अघि मात्र कोरिया सँग श्रम समझौता गर्ने बताएको थियो । सन २००७ शुरु भएको ईपीएसको हरेक दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ ।