Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बजेटमा पूर्व अर्थमन्त्रीहरु प्रतिक्रिया–समृद्ध नेपालको उडान भर्ने देखिएन

बजेटमा पूर्व अर्थमन्त्रीहरु प्रतिक्रिया–समृद्ध नेपालको उडान भर्ने देखिएन

काठमाडौं जेठ १६ । सरकारले ल्याएको बजेटको सम्वन्धन पूर्व अर्थमन्त्री एव राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले बजेट यथार्थ धारतामा टेकेर ल्याईएको बताएका छन् भने कतिपयले भने शक्तिशालि सरकारो कमजोर बजेट भनेर टिपणी गरेका छन्।

बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिएका छन् । सफल अर्थमन्त्रीको पहिचानसमेत बनाएका भएका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे। संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दाबी समेत गरे। उनले भने यो बजेटल समृद्ध नेपालको उडान भर्न सक्दैन त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क गरे ।

भरत मोहन अधिकारी

घाटी हेरी हाड निलौ भनेजसरी देशको आर्थिक अवस्थाको यथार्थ धारतलमा टेकेर बजेट ल्याइएको छ । राजस्व संकलन पनि संभव देखिन्छ । उत्पादन र रोजागारी सृजनामा जोड दिएकि छन । तर बृद्ध भत्ता केही न केही संवोधन गर्नु पर्थो त्यसमा यो सरकारबाट धेरै अपेक्षा थियो तर त्यो संवोधन नुहुँदा राम्रो लागिरहेको छैन । अधिकारीले भने ।

शेर बहादु देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन्।  ‘करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन, देउवाल भने । राजस्व संकलको लक्ष पनि महत्वकांक्षी  छ ।

मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका  नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको प्रतिक्रिया दिएका छन् ।  सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग देखिदैन  उनले भने, ‘विगतमा करीब २०/२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा नौ सय ४५ अर्बको राजश्व उठ्न गाह्रो हुन्छ, उठाउनुस् हाम्रो शुभकामना छ, ।

सुरेन्द्र पाण्डे

नेकपाका नेता एव पूर्व अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले पनि बजेटबारे पूर्ण रूपमा सकारात्मक प्रतिक्रिया जनाएका छैनन्। बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘आठ प्रतिशत आर्थिक वृद्धिदरको परिकल्पना यो बजेटले गरेको छ तर कुनै पनि एउटा कार्यक्रममा केन्द्रित हुन सकेको छैन। पूँजीगत खर्च ३३ प्रतिशत बढी साधारण खर्च छ। पुँजी उत्पादन कसरी र रोजगारी उत्पादन गर्ने कुरा यो बजेटले नीजि क्षेत्रलाई नै जिम्मा लगाएको जस्तो देखिन्छ।’

राम शरण महत

पूर्व अर्थमन्त्री एव नेपाली कांग्रेसका नेता रामशरण महतले नेपालको बजेट इतिहासमा खर्चको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि छुट्टाइएको भन्दै ट्विट गरेका छन्। उनले भनेका छन्, ‘नेपालको बजेट इतिहासमा खर्चको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १ खर्ब ५६ अर्ब २८ करोड (बजेटको १२ प्रतिशत)।

गगन कुमार थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरंग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बताए।शक्तीशाली सरकार भन्ने बजेट इतिहासकै कमोजोर देखियो ।

लक्षमण लाल कण

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्णले बजेटले प्रदेशलाई बलियो बनाउन नसक्ने प्रतिक्रिया दिए। उनले भने, ‘संघीय बजेट भएन। मौलिकता भएन । प्रदेशले भ्याट उठाउने खालको हुनुपर्दथ्यो। प्रदेश र स्थानीय तहलाइ गरिएको बजेट वितरण पनि समावेशी समानुपतिक छैन  ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x