वोमी माइक्रोफाइनान्सको हकप्रद शेयरको बिक्री खुल्ला

काठमाडौं, १६ जेठ । वोमी माइक्रोफाइनान्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । माइक्रोफाइनान्सको हकप्रद शेयर जेठ १६ देखी आषाढ १९ गतेसम्मका लागि बिक्री खुल्ला गरिएको जनाइएको छ ।

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँबाट १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *