Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३ प्रतिशतले बढ्यो

काठमाडौं, २ फागुन । चालू आर्थिक वर्षको ६ महीनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.४९२ अर्ब ६३ करोड (१२.१ प्रतिशत) ले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x