Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मधेस प्रदेशमा वित्तीय सुशासनका लागि पिएफएम परियोजना

मधेस प्रदेशमा वित्तीय सुशासनका लागि पिएफएम परियोजना

जनकपुरधाम, १८ चैत । प्रादेशिक र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्ने बृहत् लक्ष्यसहित नेपालमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना ९पिएफएम० मधेस प्रदेशमा लागू भएको छ ।

शुक्रवार जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनको उपस्थितिमा प्रदेशका आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा लागू हुने गरी पाँच वर्षीय परियोजना सुरु भएको जानकारी दिइएको हो ।

दुई करोड अमेरिकी डलर अर्थात करिब रु दुई अर्ब ६२ करोड बजेट खर्च गरिने यस परियोजनाअन्तर्गत सञ्चालन हुने क्रियाकलापले लुम्बिनी र मधेस प्रदेशमा तीनै तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउँदै सार्वजनिक वित्त र सेवा प्रवाहको पारदर्शिता, समानता र वैधता बढाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको युएसएआइडी नेपालकी प्रमुख सेपिडे केभान्शाडले बताए । ‘महिला तथा सीमान्तकृत वर्गका आवश्यकतालाई प्राथमिकतामा राखी जनतालाई प्रभावकारी सेवा प्रवाह गर्ने गरी बजेट निर्माण तथा क्रियाकलाप सञ्चालन हुनुपर्दछ,’ केभान्शाडले भने, ‘पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकता, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्यका कार्यक्रमको कार्यान्वयनमा आयोजनाले सघाउ पु¥याउनेछ ।’

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नेपालमा लोकतन्त्र, सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले सधैँ सहयोग र सहकार्य गर्दै आएको भन्दै यो परियोजना पनि त्यसैको निरन्तरता भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x