Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

मंगलबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

मंगलबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २६ वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि ताेलामा सय रुपैयाँ नै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x