Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

काठमाडाैं, २६ वैशाख । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समुहका प्रस्तुतीहरु रहने छन् ।

विषेशगरी विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुका नेपालमा रहेका परिवारका सदस्यहरु, आफन्तजन तथा साथिभाईसँग सांगीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उदेश्यका साथ एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो २ बजे बाट सुरु भई बेलुका ९ बजे सम्म आयोजना गरिने छ ।

कार्यक्रममा चर्चित गायकगायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विषेश प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात प्रत्यक्ष प्रशारण हुनेछ । यसले गर्दा विराटनगर बासी मात्र नभई देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीले कार्यक्रमको मनोरञ्जन लिन सक्नुहुनेछ ।

यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यस सांगीतिक कार्यक्रमले विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र उहाँका नेपालमा रहनुभएका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ । कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरुलाई आवहान गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x