५ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.६ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक
क्षेत्रको सरकारमाथिको खुद दावी ५५.७ प्रतिशतले बढेकोमा २०७९ चैत मसान्तमा यस्तो दावी ५२.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक
क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.० प्रतिशतले बढेको छ ।