Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मौद्रिक नीतिको तेस्रो समीक्षा : १ प्रतिशत विन्दुले घट्यो बैंकदर

मौद्रिक नीतिको तेस्रो समीक्षा : १ प्रतिशत विन्दुले घट्यो बैंकदर

काठमाडौं, २९ वैशाख । उच्च ब्याजदरका कारण बजार घटिरहेका बेला राष्ट्र बैंकले बैंक दर कम गराएर बजारको ब्याज घटाउने संकेत गरेको छ, जसअनुसार बैंक दर साढे ८ प्रतिशतबाट साढे सात प्रतिशतमा झारिएको छ। यसले बैंकहरुलाई निक्षेपसँगै ऋणको ब्याज घटाउन प्रोत्साहित गर्छ।

राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ। पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो। अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ।

राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचनारपुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइदिएको छ।

चालु पुँजी कर्जालाई ब्याज नियमित रहेकमो अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x