Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बिहिबार तोलामा एक हजारले घट्यो सुनको मूल्य

बिहिबार तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं, १२ जेठ । बिहिबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य आज प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला १ लाख ९ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x