बिहिबार पनि घट्याे सुनचाँदीकाे मूल्य
काठमाडौं, ७ असार । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजाे बुधबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज पनि प्रतितोला ५०० रुपैयाँ घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ कायम भएकाे छ ।बुधबार छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी आज प्रतितोला २५ रूपैयाँले घटेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा करोबार भएको थियो ।