बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा

काठमाडौं, ७ साउन । नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। अर्थसंसारसँग कुराकानी गर्दै उनले सोमबार राजीनामा दिएको बताएकी छिन् । पोखरेलले व्यक्तिगत कारण राजीनामा दिएको स्पष्ट पारेकी छिन्।
उनको नियुक्ति शुरुदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा नियमावलीको विरोधमा भएको भन्दै राजनीतिक पहुँचको भरमा गरिएको नियुक्तिका कारण चौतर्फी आलोचना भएको थियो।
अर्थमन्त्रीको निर्णयअनुसार पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षको कार्यकालका लागि संचालक पदमा नियुक्त गरिएको थियो। तर, नियुक्तिपछि जम्मा पाँच महिनामै उनले पदत्याग गरेकी हुन्।