Date

बिहि, साउन ८, २०८२
Thu, July 24, 2025

नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रूपैयाँ तान्ने

नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रूपैयाँ तान्ने

काठमाडाैं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज पनि ८० अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागको अनुसार, उक्त रकम ५६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत खिचिनेछ।

बैंक र वित्तीय संस्थाहरूका लागि केवल ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू मात्र यो प्रक्रियामा सहभागी हुन पाउनेछन्। बोलकबोल प्रणालीमा ब्याजदरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

केन्द्रीय बैंकले साउन ७ गते मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्ने घोषणा गरेको छ। न्यूनतम १० करोड र अधिकतम ५ करोड रूपैयाँका भागको लागि बोलकबोल गर्न सकिनेछ, र कुल आव्हान रकम पुग्नासम्म भाग दिन सकिन्छ।

निक्षेप संकलनको लागि बोलकबोलको प्रक्रिया गर्दा सबैभन्दा कम ब्याजदर राख्नेलाई पहिलो प्राथमिकतामा राखी रकम बाँडफाँड गरिनेछ। सावा र ब्याज असाेज १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि, साउन ४ गते आइतबार पनि नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ प्रशोधन गरेको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *