Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं, १० असार । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । शनिबार सम्पन्न परिसंघको २०औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए ।

परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै थप नयाँ उचाईमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x