Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने

‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने

काठमाडौ, २८ असार । ‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।  यो मेलालाई सवारीसाधन तथा पार्टपूर्जाको कुम्भ मेलाको रूपमा लिइने गरिएको छ ।

अटोसोका लागि नाडाले स्टल बुकिङ समेत खुला गरेको छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यसै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।

“यसपटकको नाडा अटोसोमा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस एवम् ग्यारेज उपकरणसमेत राखिने छ,” जारी विज्ञप्तिमा भनिएकाे छ ।

प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थासमेतको सहभागिता रहने छ । करिब ४ वर्षपछि हुन लागेको वृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x