Date

मङ्ल, साउन २०, २०८२
Tue, August 5, 2025

२४.१ प्रतिशत घट्यो वैदेशिक सहायता प्रतिबद्धता

२४.१ प्रतिशत घट्यो वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, ८ साउन । आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको तुलनामा २४.१ प्रतिशतले कमी आई रु. १ खर्ब ७० अर्ब ५१ करोड रहेको छ । अर्थ मन्त्रालयका अनुसार यसमध्ये अनुदान सहायता रु. ९० अर्ब ३ करोड (४०.१ प्रतिशत) र ऋण सहायता रु. १ खर्ब ३४ अर्ब ६१ करोड (५९.९ प्रतिशत) रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिवद्धता रकम रु. २ खर्ब २४ अर्ब ६४ करोड रहेको थियो । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये द्वि–पक्षीय सहायता २६.० प्रतिशत र बहुपक्षीय सहायता ७४.० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता क्रमशः ४३.० प्रतिशत र ५७.० प्रतिशत रहेको थियो ।

कुल प्रतिबद्धतामध्ये विश्व बैंक, एशियाली विकास बैंक, युके र जापानबाट क्रमशः ४९.२ प्रतिशत, २२.५ प्रतिशत ११.५ प्रतिशत र ९.७ प्रतिशत प्राप्त भएको छ । अन्य दाताबाट प्राप्त सहायता प्रतिबद्धताको हिस्सा ७.१ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *