Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

‘लैङ्गिक समानता तथा समावेशीकरण लक्षित व्यापार र लगानी निती निर्माणमा प्रोत्साहन’ कार्यशाला सम्पन्न

‘लैङ्गिक समानता तथा समावेशीकरण लक्षित व्यापार र लगानी निती निर्माणमा प्रोत्साहन’ कार्यशाला सम्पन्न

काठमाडाैं, ९ साउन । मंगलबार ‘लैङ्गिक समानता तथा समावेशीकरण लक्षित व्यापार र लगानी निती निर्माणमा प्रोत्साहन’ कार्यशाला  सम्पन्न भएकाे छ । उक्त कार्यशाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (MOICS) , व्यापार तथा लगानी परियाेजना (इयु) र जिआइजेडकाे संयुक्त आयोजनामा भएकाे हाे ।

नीति निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशीताको महत्त्वका बारेमा गहिरो बुझाइ बढाउनु र विभिन्न क्षेत्रहरूमा समावेशी अभ्यासहरूलाई बढावा दिनु यस कार्यक्रमकाे उदेश्य रहेकाे छ ।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव गाेविन्द बहादुर कार्कीले हाल नेपालकाे सरकारी कार्यालयहरूमा महिलाकाे संख्या बढेकाे बताए ।

यसैगरी साेहि कार्यक्रममा इमर्जका सिइओ डा माेहना श्रेषठले नेपालकाे व्यपार तथा  लगानीकाे नीति तयार गर्दा महिलाकाे समावेशीसहभागिताका लागी सरकारले ध्यान दिनुपर्ने बताइन् ।

यस्तै कार्यक्रममा व्यपार विज्ञले साे आवस्यकता माथि जानकारी गराएका थिए । कार्यक्रममा ५० भन्दा बढी महिला उद्यमी सरकारी तथा गैरसरकारसी संघ संस्थाका प्रतिनिधिहरू उपस्थिति थियाे

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x