Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आइपिओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

आइपिओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडाैं, १६ साउन । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलको सर्वसाधारणमा बिक्री गरिने रु.१००÷— अंकित दरका रु. एक अर्ब १५ करोड रकम बराबरको १,१५,००,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरे ।

यस कम्पनीले मिति २०७६।०३।१३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x