बजार खुलेको १ घण्टमा सबै समुहका परिसूचक हरिया
काठमाडाैं, १६ साउन । नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सार्वजनिक गरेकाे दिनदेखि लगातार पाँच दिन घटेकाे नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताकाे काराेबारकाे तेस्राेदिन मंगलबार बढेकाे छ । आज बजार खुलेकाे १ घण्टा बित्दा करिब सबै कम्पनीकाे सेयर मूल्य बढेकाे हाे ।
आज काराेबार भएका ३३८ कम्पनी मध्ये १३३ कप्पनिकाे सेयर मूल्य बढेकाे हाे । सबै भन्दा धेरै परिसुचक व्यापार समुहकाे बढेकाे छ । जुन समुहकाे परिसूचक १.४९ प्रतिशतले बढेकाे छ ।