हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उलेख्य मात्रामा बढेकाले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशतले बढेको छ ।
बैंकले गत वर्ष नौ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ खुद ब्याजआम्दानी गरेको छ । त्यस्तै खुद फि तथा कमिशनबाट बैंकले ९६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकलाई उक्त अवधिमा पाँच अर्ब ४९ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको खराब कर्जा ४.५७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो खराब कर्जा १.५९ प्रतिशतमात्र थियो । यो बैंकले सिभिल बैंकलाई गत वर्ष प्राप्त गरेको हो ।
बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।
बैंकको चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १४ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेको छ भने कर्जा लगानी ५६.४२ प्रतिशत बढेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ३० अर्ब १२ करो रुपैयाँ कर्जा लगानी गरेको छ ।