जनता बैँक नेपाल लिको अगुवाइमा कुमारी बैँक लि र सेन्चुरी कमर्सियल बैँक लि सहित माथिल्लो दरौंदी १ जलविद्युत आयोजनामा लगानी
काठमाण्डौँ,२४ जेठ । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजना जनता बैँक नेपाल लि को नेतृत्वमा कुमारी बैँक लि. र सेञ्चुरीकमर्सियल बैँकलि. को सहभागितामा रु.१ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे रकन्सोर्टियम बैँकको तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेकाछन्।
यसका लागि रु. १ अर्ब ९२ करोड रहेको मा कुल लागतको ७०५ रकम बैंकहरुले परियोजना कर्जा गर्ने छन् ।
माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपका तर्फ प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँधबाँधी १४।९६ क्युसेक पानीकरिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपका माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन ९२वटा०को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानीपुनः दरौंदी खोलामा छोडिने छ ।