Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि बीच सम्झौता

काठमाण्डौँ,२४ जेठ । सेन्चुरी कमर्सियल बैंक र चाबहिल, काठमाडौ ंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेर धनिहरुले १० प्रतिशत सम्म प्याथोलोजी, अल्ट्रा साउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जांचमा छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु, ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x