१२ खर्ब ३२ अर्बभन्दा बढी निक्षेप सुरक्षण
काठमाडौं, ७ भदौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० असार मसान्तमा ५६ बैंक तथा वित्तीय संस्थाहरुमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम रु.१२३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरेको छ । २०७९ असार मसान्तमा ३ करोड ६१ लाख ४३ हजार खातामा रहेको रु.८७९ अर्ब २२ करोड निक्षेप सुरक्षण गरिएको थियो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको रु.२१६ अर्ब ४४ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७९ असार मसान्तमा रु. १९७ अर्ब ६४ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।