बिहिबारदेखि नेपाल कला परिषद्, बबरमहलमा बृहत् कला प्रदर्शनी शुरू
काठमाडौं, ७ भदौ । आज बिहिबार नेपाल कला परिषद्, बबरमहलमा नेपालको सबैभन्दा उच्चस्तरीय र बृहत् कला प्रदर्शनी शुरू भएकाे छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा इ–आर्ट्स नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हिमालयन आर्ट फेस्टिभल नामको प्रदर्शनी आयोजना गर्दै आएको छ ।
‘दशैंमा धेरै मेलाहरू आयोजना हुन्छन्, तर कुनै पनि मेलाले नेपाली कला प्रदर्शन गर्न सकेन, त्यो अवस्थालाई मध्यनजर गर्दै हामीले सन् २०१७ देखि यो महोत्सव आयोजना गर्दै आएका छौं’ ई-आर्ट्स नेपालकी सह-संस्थापक आशा डंगोलले भनिन् । प्रदर्शनीले नेपाली कलाकारहरूलाइ प्राेत्साहन गर्ने उनकाे वसवास छ ।
नेपाली कलाकृतिलाई नेपालीको घरघरमा सजाउने यस प्रदर्शनीको उद्देश्य रहेको कलाकार डंगोल बताउँछिन् ।
महंगाे भएकाे कारण पहिले धेरै नेपाली कलाकृति किन्न सक्दैन थे। यस प्रदर्शनीमा मध्यमवर्गीय मानिसहरूले पनि आफुलाइ मन परेका कताकृति किन्न सकिने बताइएकाे छ ।
उक्त प्रदर्शनीमा ८० भन्दा बढी कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका छन् । प्रदर्शनीले नेपाली कलाकारको कलाको स्तर मापन गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले नेपालको कला क्षेत्र कहाँ छ भन्ने कुरा बुझ्न पनि यो प्रदर्शनीले सहयोग गर्ने सहभागी कलाकारहरुको भनाइ छ ।
सन् २०१७ मा सुरु भएको महत्सवमा समकालीन चित्रकार मुर्तिकारसहित ५० कलाकार सहभागि थिए । सन् २०१८ देखि एचएएफ टोलीले काठमाडौं उपत्यकाका कलाकारहरूको विभिन्न संघसंस्थाहरूसँग कुराकानी गरी उनीहरूको सहयोग प्राप्त गर्दै थप कलाकारहरू थप्दै आएको कलाकार डंगोल बताउँछन्। त्यसैले हरेक वर्ष ठूलो सामूहिक मेलाको रुपमा यो कला प्रदर्शनी आयोजना हुँदै आएको छ।
हालको प्रदर्शनीमा विभिन्न विधाका कलालाई समावेश गरिएको छ । प्रदर्शनीमा नेपाली वरिष्ठ कलाकार तथा वर्तमान पुस्ताका कलाकारका कलाकृति राखिएको छ । कलाकारहरु कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, इरिना ताम्राकार, भैराज मर्हाजन, प्रमिला बज्राचार्य, प्रदीप बज्राचार्य, विनोद प्रधान, बृहस्पति प्रधान, विधाता केसी, सागर मानन्धर, उजय इराण बज्राचार्य, सरिता बज्राचार्य, कृष्ण मानन्धर, राजन मानन्धर लगायतका कलाकारहरुको सहभागिता रहेको छ । सविता डंगोल, सुजन डंगोल, मुना भडेललगायत करिब ८० कलाकारका कलाकृति एउटै ग्यालरीमा हेर्न सकिन्छ ।
प्रदर्शनीको अर्को आकर्षण वरिष्ठ कलाकारका लागि विशेष ठाउँको निर्माण र त्यहाँ उनको कलाकृति राख्ने कार्यक्रम रहेको सन् २०१९ देखि सञ्चालित ई–आर्ट्स नेपालका सह–संस्थापक भैराज मर्हाजनले बताउनुभयो । उक्त स्थानमा वरिष्ठ कलाकार तथा मूर्तिकार प्राध्यापक गोविन्द नारायण ज्यापूको कलाकृति प्रदर्शनी गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यस प्रदर्शनीमा हिमाल, पहाड र तराईका कलाकारहरुको सहभागिता रहेको छ । यस प्रदर्शनीमा सहभागी अर्का कलाकार तथा ई–आर्ट्स नेपालका सह–संस्थापक इरिना ताम्राकारले महिला कलाकारहरुको उल्लेख्य सहभागिता रहने बताइन् ।
सात दिनसम्म चल्ने महोत्सव जीवन्त, जीवन्त र विभिन्न कला गतिविधिहरू जस्तै आर्ट टक, गाईडेड टुर र प्रशान्त छात्रवृत्ति पुरस्कारले भरिपूर्ण हुनेछ। भदौ २४ गते प्रदर्शनी खुल्ला हुने र गुरु गोविन्दनारायण ज्यापुको सम्मान गर्ने कार्यक्रम रहेको व्यवस्थापन समितिले जनाएको छ ।
२६ गते महोत्सवकी क्युरेटर प्रतिमा थकालीले गाईड टुर गर्ने कार्यक्रम छ । २७ गते प्यानल छलफल हुनेछ । २९ औँ प्रशान्त छात्रवृत्ति पुरस्कार तीन योग्य युवा कलाकारलाई प्रदान गरिने छ भने ३० गते कार्यक्रमको समापन समारोह हुनेछ ।