Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लोडसेडिङ नभएको भए नेपाली अर्थतन्त्रको आकार ४,१०७ अर्बको हुन्थ्यो : विश्व ब्यांक

लोडसेडिङ नभएको भए नेपाली अर्थतन्त्रको आकार ४,१०७ अर्बको हुन्थ्यो : विश्व ब्यांक

काठमाडौं, २७ जेठ । लोडसेडिङले २०६५ देखि २०७३ सम्म नेपालको अर्थतन्त्रमा ११०० अर्ब रुपैँया बराबर घाटा भएको विश्व ब्यांकको एक अध्ययनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणले लामो झण्डै दशकपछि लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । तर अर्थतन्त्रले त्यसको प्रतिकूल प्रभाव व्यहोर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्व ब्यांकको अध्ययन ‘लोडसेसडिङका कारण नेपालले पछिल्लो दशकमा कति गुमायो?’ ले नेपालले पछिल्लो दशकमा दैनिक १४ घण्टा सम्मको लोडसेडिङ बेहोरेको र लोडसेडिङ नभएको भए कुल गार्हस्थ उत्पादनको आकार, प्रतिव्यक्ति आय, रोजगारी सिर्जना, कुल गार्हस्थ बचत सबै पक्षबाट नेपालले पछिल्लो दशकको जस्तो दर्दनाक अवस्था बेहोर्नुनपर्ने उल्लेख गरेको छ ।
चालु वर्षमा नेपाली अर्थतन्त्रको आकार ३,००७ अर्ब रुपैँयाको हुने अनुमान गरिएको छ । लोडसेडिङ नभएको भए नेपालको अर्थतन्त्रको आकार ४,१०७ अर्ब रुपैँयाको हुन्थ्यो । त्यस्तै प्रतिव्यक्ति आय १४०० डलरको हुने अनुमान गरिएको छ । पूर्वअर्थमन्त्री महेश आचार्य लोडसेडिङ हुनुमा अरुण तेश्रो परियोजनामा अतिराजनीतिकरण मान्छन् । ‘अरुण तेश्रो निर्माण भएको भए नेपालको अर्थतन्त्रले अर्कै गति लिइसक्थ्यो,’ उनले भने, ‘त्यतिबेला विश्व ब्यांक, केएफडब्लू लगायत वित्तिय संस्थाहरुको सहयोग लिएर आयोजना निर्माण गर्ने अन्तिम चरणमा तत्कालीन नेकपा एमालेले भाँजो हालेर परियोजना बन्न दिएन । त्यसको ठूलो क्षति पछिल्लो पुस्ताले बेहोर्नुपर्यो ।’ अहिले त्यही अरुण तेश्रो परियोजना भारतीय लगानीमा भारतमा बिजुली बेच्नेगरी निर्माण हुन लागेको छ ।
अरुण तेश्रो परियोजना निर्माण भएको भए नेपालले हरेक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर बढाउन सक्ने विश्व ब्यांकको अध्ययनमा उल्लेख छ । लोडसेडिङकै कारण देशभित्र उत्पादन नहुँदा नेपाल पूर्णतः आयातमुखी राष्ट्रको रुपमा रुपान्तरण हुँदै गयो । यहाँका साना तथा मझौला उद्योग ब्याकअप पावरको व्यवस्था गर्न नसकेर उत्पादन बढाउन सकेनन् । रोजगारीका लागि ठूलो श्रम शक्ति बाहिरिनुपर्ने दूरावस्था समेत सिर्जना भयो । विश्व ब्यांकले अरुण परियोजनाबाट हात झिकेको दशकपछि मात्र काबेलीजस्ता साना जलविद्युत् परियोजनामा हात हालेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x