२९.८१ अंकले घट्यो शेयर बजार, १ अर्ब १८ करोडको कारोबार
काठमाडौं, १७ भदौ । साताको पहिलो कारोबार दिन आइतवार धितोपत्र बजार ३०.५६ अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक १.४९ प्रतिशतले घटेर १९६०.०३ अंकमा सीमित रहेको छ ।
आइतवार २७६ धितोपत्रको कारोबार हुँदा २१२ ओटा घटेका छन् । यस्तै ८ ओटाको शेयरमूल्य बढ्दा ८ ओटाको स्थिर रहेको छ । यस दिन ४० लाख ५३ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक घट्ने समूहमा होटल एन्ड टुरिजम रहेको छ ।