स्वास्थ्य मन्त्री पौडेलले दमनविरुद्ध राजीनामा दिने घोषणा

काठमाडाैं, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि जेन–जी प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सोमबार जेन–जीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण २० जना युवाको मृत्यु भएपछि सरकारप्रति देशभरि आलोचना बढेको छ। यस्तो परिस्थितिमा सरकारमा रहनु उचित नभएको भन्दै मन्त्री पौडेलले पदबाट राजीनामा दिने निर्णयमा पुगेको बताएका छन्।
उनले आफ्नो सामाजिक र नैतिक जिम्मेवारीअनुसार अब सरकारको कदमको समर्थन गर्न नसकिने भन्दै राजीनामा दिने संकेत गरेका हुन्। राजीनामासँगै राजनीतिक दमन र हिंसाप्रति सार्वजनिक विरोधको क्रम थप बलियो हुने अपेक्षा गरिएको छ।