Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

कर्फ्यूको प्रभाव : मंगलबार नेप्से कारोबार स्थगित

कर्फ्यूको प्रभाव : मंगलबार नेप्से कारोबार स्थगित

काठमाडाैं, २४ भदाै । काठमाडौं महानगर भित्र लागू गरिएको कर्फ्यूको कारण मंगलबार सेयर बजार बन्द रहने भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै, अधिकांश धितोपत्र कारोबारीहरू काठमाडौं महानगर क्षेत्रमा रहेकाले र लगानीकर्ता तथा दलाल कम्पनीहरूले समेत आग्रह गरेको कारण मंगलबारको कारोबार स्थगित गरिएको जानकारी दिएको छ।

यससँगै लगानीकर्ता र बजार सहभागीहरूले कारोबार गर्न पाउने अपेक्षा आजका लागि स्थगित भएको छ। कर्फ्यूका कारण बजारमा सञ्‍चार र कारोबारमा असुविधा देखिएको छ।

http://कर्फ्यूको प्रभाव : मंगलबार नेप्से कारोबार स्थगित

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *