Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

यस वर्षको ‘डा. हरिहरदेव पन्त पुरस्कार’ तीन विधामा ९ जनालाई प्रदान

यस वर्षको ‘डा. हरिहरदेव पन्त पुरस्कार’ तीन विधामा ९ जनालाई प्रदान

काठमाडौं, २१ भदौ । यस वर्षका लागि ‘डा. हरिहरदेव पन्त’ पुरस्कार विभिन्न विधामा ९ जनालाई प्रदान गरिएको छ । लघुवित्तका पिता भनेर चिने स्वर्गीय पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवसको अवसरमा  बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा तीन विधामा उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरक संस्था डा. हरिहरदेव पन्त फाउन्डेशनले यस वर्षको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी ५० हजार रहेको छ ।

यसैगरी ‘डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार’ त्रिविबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०१८–२०’ मा सर्वोत्कृष्ट भएका रोहन व्यञ्जनकारलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार रहेको छ । संस्थाले सातओटै प्रदेशका एकजनालाई ‘डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार’ समेत प्रदान गरेको छ । जसमा पाँचथरकी विष्णु दर्जी (कोशी), धनुषाकी रामवती देवी साह (मधेश), धादिङकी प्रमिला तामाङ (बागमती), तनहुँकी भुवन सिरी गुरुङ (गण्डकी), रुपन्देहीकी सुनकेशरी चौधरी (लुम्बिनी), सल्यानकी तारा नेपाली (कर्णाली) र कैलालीकी टीकादेवी देउवा (सुदूरपश्चिम) रहेका छन् । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

समारोहमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ‘समृद्धिको मार्गमा’ नामक पुस्तक लोकार्पण  गरेको थियो ।

जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x