महानगरमा शुक्रबार शोक बिदा
काठमाडौं । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले शुक्रबार बिदा दिने भएको छ ।
महानगरले बिहीबार विज्ञप्ति जारी गरी रिजालको निधनमा महनगर र अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
वडाध्यक्ष रिजालको ग्रान्डी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । अस्पतालले उनको निधन कारण भाइरल निमोनिया भएको बताएको छ । उनी भदौ १७ गते आइतबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका थिए ।