प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता
काठमाडौं, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो।
एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्। महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ।
प्रधानमन्त्री प्रचण्डले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने छन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ।